चौधरी फाउण्डेसनद्वारा जाजरकोटमा खाद्यान्न वितरण सुरु, आइतबार थप टोली जाने


काठमाडौँ । चौधरी फाउण्डेसनले जाजरकोटमा शनिवार बाटै खाद्यान्न वितरण सुरु गरेको छ। चौधरी ग्रुपमा अध्यक्ष विनोद चौधरीले जिल्ला प्रशासनसँगको समन्वयमा राहत वितरण थापिएको जानकारी गराएका छन् ।

“कर्णालीको भूकम्पका बारेमा आज मैले जाजरकोटका सिडियोसँग छलफल गरेँ, उहाँले तत्काल खाद्यान्न, त्रिपाल र ब्लाङ्केट खाँचो रहेको जानकारी दिनुभएको छ,”चौधरीले सामाजिक सञ्जालमफ्त भनेका छन्, “चौधरी फाउण्डेसनको टिम जाजरकोट पुगेर खाद्यान्न वितरण शुरू गरिसकेको छ ।”

उनले आइतवारर भोली खाद्यान्न, त्रिपाल, ब्लाङ्केट लगायतका सामाग्री भूकम्प प्रभावितहरू समक्ष पुर्याउने तयारी रहेको जानकारी दिएका छन् । उनले भनेका छन्, “राहात सामाग्रीसँगै फाउण्डेसनको उच्चस्तरीय टिम पनि भोली जाजरकोट पुग्नेछ, स्थानीय प्रशासनसँग समन्वय गर्दै हाम्रो टिमले भूकम्प प्रभावित महानुभावलाई प्रभावकारी रुपमा राहत उपलब्ध गराउनेछ ।”