आइतबार २१ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्स (नेप्से)का अनुसार आइतबार सेयरमापक सूचक नेप्से परिसूचक २१.४६ अंकले घटेर १८२६.२३ अंकमा झरेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक ५.३६ अंकले घटेर ३५२.३९ अंकमा झरेको छ । आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एक उपसमुहको सेयर मूल्य बढेको छ भने बाँकी १२ ओटाको घटेको छ । होटल र पर्यटन उपसमुहको सेयरमूल्य बढेको हो ।

आइतबार कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड प्रोमोटर सेयर अग्रस्थानमा रहेको छ । कम्पनीको ४ करोड ६० लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

एनआइसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.९७ प्रतिशतले बढेको छ ।

त्यस्तै, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल २८९ कम्पनीको ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ९७ करोड २३ लाख ६७ हजार २७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।