सोमबार २१ अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्स (नेप्से)का अनुसार सोमबार सेयरमापक सूचक नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक ३.३३ अंकले बढेर ३५५.७३ अंकमा झरेको छ । आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहको सेयर मूल्य बढेको छ ।

सोमबार कारोबार रकमका आधारमा सोल्टी होटलको सेयर अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड ४३ लाख २० हजार ९१० रुपैयाँको कारोबार भएको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.९८ र ९.९३ प्रतिशतले बढेको छ ।

त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.२८ प्रतिशतले घटेको छ ।

कुल २८३ कम्पनीको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच हुँदा ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।