भूकम्प प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा रु. २५ लाख सहयोगको प्रतिबद्धता


काठमाडौँ । सानिमा बैंकले भुकम्प प्रभावित क्षेत्रका लागि २५ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता गरेको छ । २०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएको छ ।

बैंकले खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।