इपीसेन्टरबाट एमाले केन्द्रीय सदस्य आचार्यकाे सुझाव, “प्रकृयागत झन्झट हटाउ, राहत सामग्री सिधै पीडितकाेमा पुर्याउ”


काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले राहत सामग्री थुप्रयाएर राख्ने र प्रकृया खोजेर बस्न नहुने सुझाएका छन्। जाजरकोटका स्थायी वासिन्दासमेत रहेका उनले प्रकृयागत ढिलाइले पीडितले समयमै राहत नपाएको गुनासो गरेका हुन्।

प्रभावित क्षेत्रको अनुगमन गरेपश्चात भूकम्पकाे केन्द्र (इपीसेन्टर) बाट उनले यस्तो सुझाव दिएका हुन्। “पुरानो परमपरागत घरहरु कुनै सद्दे छैनन्, सवैजना खुल्ला आकाश मुनि छन्, अविलम्ब शीत छल्न त्रिपाल  पुर्याउ,” उनले सामाजिक सञ्जालमाफत् भनेका छन्, “जाडो छल्न कम्मल र बलाङकेट पुर्याउ, अन्न पात पुरिएकोछ, खाध्यान्न को व्यस्थापन गरौँ ।” 

आचार्य स्थलगत अवलोकन गर्दै पीडितहरूसँगै बसिरहेकाले आफूले समस्या नजिकबाट नियालेको बताएका छन्। उनले पीडित कसैको पनि घर बस्ने अवस्थामा नभएकाले पुनस्थापनाको काममा लाग्नु अघि तत्काल राहतका सामग्री ढिला नगरी सम्बन्धित स्थानमा पुर्याइहाल्नु पर्नेमा जाेड दिएका छन्।

उनले भनेका छन्, “राहत पठाई रहनुभएका विभिन्न संघ संस्थाहरुको यसमा ध्यान जावस्, राहात वितरणमा सरकारी संयन्त्र निकै कमजोर देखियो । सामाग्री थुप्रयाउने र प्रकृया खोजेर नवसौँ छिटो पीडितको हातमा राहात पुर्याउ ।”

आचार्य भूकम्प लगत्तै उद्दार कार्यमा सुरूदेखि लागिरहेका छन्। घटनास्थल, अस्पताल, सामूहिक दाहसंस्कार र पीडित बसेकाे पालमा आफै बसेर अनुभव गरेपछि मंगलवार विहान राहत तथा उद्धारका लागि आठ बुँदे सुझाव सुझाएका हुन्।

आचार्यले राहत वितरणमा पक्षपात भएको आरोप पनि लगाएका छन्। “राहातमा पक्षपात गर्नु सत्तावालाको दुर्भाग्यपूर्ण हर्कत बन्द गरौँ, समानताका आधारमा राहात दिउँ, यसमा राजनीति गर्ने दुस्साहस नगरौँ।” 

पीडितको स्वास्थ्य दिनानुदिन विग्रदै गएकाले गम्भीर हुने उनले ध्यानाकर्षण गराएका छन्। पूर्ण राहत वितरणपछि मात्र पुनस्थापनामा लाग्न उनको सुझाव छ । 

आचार्यले राहत वितरणको नाममा आफू चर्चामा आउन मात्र खोज्नेमाथि पनि प्रहार गरेका छन् । भनेका छन्, “कथित सेलिब्रेटीहरुझको चटकले आत्मारथी र रोमान्स हुन्छ पीडितको समस्या समधान हुँदैन ।”