चौधरी फाउण्डेसनले चौरजहारी नगरपालिकाका ५० परिवारका लागि ट्रान्जिसनल सेल्टर बनाउने


काठमाडौँ । चौधरी फाउण्डेसनले भूकम्पबाट घर गुमाएका रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ५० परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गर्ने भएको छ ।

फाउण्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प बादीबिच आज (मंगलवार) विहान सम्पन्न बैठकबाट ट्रान्जिसनल सेल्टर निर्माण गर्ने निर्णय भएको हो ।

२०७२ सालमा निर्माण गरेजस्तै ट्रान्जिसनल सेल्टर निर्माण गर्ने र काम अगाडि बढाइने फाउण्डेसनले जनाएको छ । नगरपालिकासँगको समन्वयमा घरविहिन भएका परिवारका लागि यस्तो घर निर्माण गर्न लागिएको हाे।

चौधरी फाउण्डेसनद्वारा २०७२ सालमा गोर्खा केन्द्रविन्दू भइ गएको महाभूकम्पबाट घरविहिन बनेका परिवारका लागि भूकम्प प्रभावित १० जिल्लामा करिव तीन हजार ट्रान्जिसलन होम निर्माण गरिएको थियो ।

फाइल फोटोः चौधरी फाउण्डेसनद्वारा २०७२ सालको महाभूकम्पबाट विनास भएको सिन्धुपाल्चोक, मेलम्ची गाउँपालिका वडा नम्बर १२ गिरानचौरमा पुनर्निमाण गरिएको वस्ती ।