भूकम्पपीडितलाई नामियाको राहत सामग्री हस्तान्तरण


काठमाडौँ। नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले भूकम्प पीडितलाई राहत सामग्री उपलब्ध गराएको छ ।

पीडितलाई तत्काल सहयोगका लागि जिल्ला प्रशाशन कार्यालय जाजरकोटको अन्तर्गत विपद व्यवस्थापन आपूर्ति समितिसँगको समन्वयमा भेरी नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा सहयोग हस्तान्तरण गरिएको हो।

राहत सामग्रीमा ४२ बोरा चामल, ४० पोका तोरिको तेल, ४२ किलो दाल र ५० किलो नुन रहेको नामियाका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए।

थप सहयोगका लागि यस संघको विपद व्यवस्थापन राहत कोष खडा गरिएको र जम्मा भएको रात पुनः उपलब्ध गराइने नामियाले जनाएको छ ।

थप जानकारीका लागि यस विपद व्यवस्थापन राहत कोषका फोकल पर्सन साथै यस संघका सचिव गौरव श्रेष्ठ (९८५१३५११०८) र सचिवालय अन्तर्गत महासचिव अर्जुन प्रसाद लुईटेल (९८४७५१३६७०) तथा कार्यालय सचिव दिवा न्यौपाने (९८५१३३१७५८) लाई सम्पर्क गर्न नामियाले अनुरोध गरेको छ।