बोटलर्स नेपाल (तराई)को लाभांश घोषणा


काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट प्रतिसेयर ६० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।