रोयल इनफिल्डको ‘हन्टर टिकटक च्यालेन्ज’का विजेतालाई पुरस्कार वितरण


काठमाडौँ। रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले प्रालिले सञ्चालन गरेको ‘हन्टर टिकटक च्यालेन्ज २०२३’ को विजेता घोषणा गरिएको छ ।

रोयल इनफिल्डको नयाँ मोडेल हन्टर ३५० सीसीसीलाई बजार प्रबर्द्धन गर्न र युवा पुस्तालाई सोसल मिडिया मार्फत आकर्षित गर्न सञ्चालित च्यालेन्जमा तीन जना विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ ।

६ असोजदेखि ३० असोजसम्म सञ्चालित च्यालेन्जको विजेता टिकटक र फेसबुक लाइभमार्फत घोषणा गरिएको थियो ।

कम्पनीका अनुसार प्रथम विजेता बनेका पोखराका पदम लामाले १ लाख, दोस्रो विजेता पोखराकी स्मिता घिमिरेले ६० हजार र तेस्रो हुने हेटौंडाका रजक शाहीले ४० हजार नगद पाएका छन् ।

तीनै जना विजेतालाई रोयल इनफिल्डको नशालस्थित शोरुममा २३ कात्तिकमा कम्पनीका निर्देशक मेघराज पोडेलले पुरस्कार रकमको चेक हस्तान्तरण गरेका थिए ।