मुटुरोग सचेतनामा डा. ओम मूर्तिले राखे विश्व रेकर्ड, यस्ताे छ लाइभ भिडियाे


काठमाडौँ । जीवन्त सम्बन्ध पुस्तकले सर्वत्र चर्चा पाइरहँदा डा. ओम मूर्ति अनिलले सामाजिक सचेतना विधामा विश्व रेकर्ड कायम गरेका छन्।

गत असोजमा विश्व मुटु रोग दिवसको अवसरमा मुटु रोग सम्बन्धि सचेतना दिने उदेश्यले प्रस्तुत लाभइले कार्डियाेभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ शीर्षकमा गिजिन बुक रेकर्ड कायम गरेका हुन्। 

मुटु रोग सचेतनाको क्षेत्रमा गिजिन बुकमा रेकर्ड राख्ने अनिल पहिलो चिकित्सक हुन्। डा. मुर्तिले शुक्रवार पत्रकार सम्मेलन गरी विश्व रेकर्डको बारेमा जानकारी गराएका गराएका छन्। 

२९ सेप्टेम्बर २०२३ (तद्नुसार २०८० असोज १२ गते शुक्रवार) ७.१५ बजेको लाइभ भिडियो ले विश्व रेकर्ड कायम गरेकाे हाे। उनले मुटुसँग सम्बन्धित रहेर आधा घण्टा लामो फेसबुक लाइभ सञ्चालन गरेका थिए । 

डा. मूर्तिको ३० मिनेट लामाे लाइभ भिडियाे प्रस्तुति ११ हजार २ सय १२ जनाले प्रत्यक्ष हरेका थिए भने ९ हजार जनाले शेयर गरेका थिए। लाइभ सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए।

लाइभ प्रस्तुतिपछि ‘गिनिज वल्र्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा. अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए। गिनिज वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो ।

डा. अनिलले भने, “व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुनेछ । सामाजिक उत्थान र समाजप्रतिको जिम्मेवारीबोध गराउने यस्तो कार्यले आममानिसलाई मार्गदर्शनसमेत हुने विश्वास छ ।”

यो रेकर्डले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय रहेकाे प्रमाणित गरेकाे उनकाे विश्वास छ।

डा. मुर्तिले अर्को विश्व रेकर्ड मार्च २०२३ प्राप्त गरिसकेका छन्। सन् २०१३ मा इमेज एफएम मार्फत नियमित अन्तरवार्ताबाट ‘लङेस्ट इन्टरभ्यु अफ अ गेस्ट स्पिकर अन हर्ट डिजेज प्रिभन्सन’  मा विश्व रेकर्ड कायम गरेका थिए। 

कार्यक्रमको प्रस्तोता (होस्ट) बरिष्ठ संचारकर्मी शैलजा सिंहले थिइन्। यो कार्यक्रम मुटुरोगको बारेमा सचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको थियो ।

सामाजिक सञ्जालमा उनले राख्ने स्वास्थ्य समेतना तथा जीवनशैलीसँग सम्बन्धित सूचना तथा लाइभ भिडियोमा अत्यधिक रूचाइएको पाइन्छ। डा. मुर्तिकाे फेसबुक पेज १२ लाखले फ्लाे गरेका छन् भने उनकाे हालै मात्र खाेलिएकाे टिकटक एकाउन्ट ५८ हजारले फलाे गरेका छन्। 

याे हाे विश्व रेकर्ड राखेकाे भिडियाेः