अपर तामाकोशीको नाफा २६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?


काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको नाफा २६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमास कम्पनीको मुनाफा २६.२७ प्रतिशतले बढेर १ अर्ब ७२ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ७९ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ४.३२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।

एक वर्षको अवधिमा कम्पनीको कर्मचारी सञ्चालन खर्च पनि ११ करोड १८ लाख रुपैयाँबाट घटेर ८ करोड २७ लाख रुपैयाँमा झरेको छ ।

चुक्तापुँजी १६ अर्ब ९९ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ६ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ १ अर्ब ९४ करोड रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको प्रतिसेयर आम्दानी घटेर ६.३० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको ईपीएस ७.५३ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ६०।९७ रुपैयाँ रहेको छ।