आजदेखि पहिलो चरणमा हिमालय रि इस्योरेन्सको आइपीओ निष्कासन


काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आजदेखि पहिलो चरणमा प्रिमियममा आइपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा मंसिर ४ गते देखि रोजगारीको शिलशिलामा विदेशमा रहेका श्रमिकको लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले विदेशमा रहेका श्रमिकहरुको लागि १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा ३० लाख कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो।

जसमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता निष्कासन गर्ने तय भएको हो। कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता पनि सेयर निष्काशन गर्न छुटाइएको छ।

लगानीकर्ताले न्यूनतम न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख कित्ता सम्म माग गर्दै आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले आईपिओमा मंसिर ४ गतेदेखि मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यस रेटिङ्गले समयमै वित्तीय दायित्व बहन गर्न कम्पनी पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्छ ।