सोल्टी होटलले ३१ प्रतिशत लाभांश घोषणा गर्दै बोलायो साधारण सभा


काठमाडौं । सोल्टी होटेल लिमिटेडले लाभांश घोषणा गरेको छ । होटलले गत आर्थिक वर्ष २०७९र०८० को सञ्चित मुनाफाबाट सेरधनीलाई ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

मंसिर १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २६.५७८ प्रतिशत नगद लाभांश सहित ३१.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।

त्यस्तै कम्पनीले पुस २६ गते ४९ औं साधारणसभा नेपाल प्रज्ञा भवन प्रेक्षालय कमलादीमा विहान १० बजे बोलाएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।