नेप्से झिनो अंकले बढ्दा कारोबार रकम भने १ अर्ब माथि


काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार सेयरबजारमा झिनो अंकको वृघि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने ०.५० अंकले घटेर ३५६.५४ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये आज ४ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ९ वटा उपसमुहको सेयरमूल्यमा हरियाली छाएको छ ।

सोमबार कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी सबैभन्दा अग्रस्थानमा रहेको छ ।

आजको दिन नेप्सेमा ग्लोबल आइएमआई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २८४ कम्पनीको ३३ लाख १९ हजार ५ सय ५८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।