भिजन लुम्बिनी उर्जाको आईपीओ बाँडफाँड


काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि कात्तिक १६ गतेदेखि आईपीओ निष्काशन गरेको थियो । आईपीओ बाँडफाँड मंगलबार भएको हो ।

कम्पनीको आइपिओमा ११ लाख ९४ हजार आठ सय २० जनाले एक करोड ३५ लाख ७६ हजार एक सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।

गोलाप्रथाबाट बाँडफाँड भएको आइपिओ दुई लाख ७ हजार ५२३ जनाले १० कित्ता र पाँच जनाले ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् । कम्पनीले कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।