दुई प्रतिशतभन्दा बढीले फरक नपर्ने गरी ब्याजदर निर्धारण गर्नुपर्ने


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रदान गर्दा २ प्रतिशतभन्दा बढीले फरक नपर्नेगरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने एकै प्रकारका कर्जामा समेत ग्राहकहरुबिच ब्याजदरमा अत्याधिक असमानता भएका कारण ग्राहकको जोखिम विश्लेषण गरेर २ प्रतिशतभन्दा बढीले फरक नपर्नेगरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो ।