प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभरको एक करोड रुपैयाँ सहयोग


काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा एक करोड रुपैयाँ योगदान गरेको छ ।

जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पले प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई साथ दिनको लागि सहयोग गरेको जनाएको छ ।

कम्पनीले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका राहत सामग्री पु¥याएको उल्लेख गरेको छ ।

उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका थिए ।