भूकम्प पीडितलाई सिप्रदीबाट ५५ लाख बराबरको राहत वितरण


काठमाडौँ । सिप्रदीले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत वितरण गरेको छ ।

सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त प्रयासमा २६ कात्तिकमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिम अन्तर्गत आठबिसकोट नगरपालिका वडा नम्बर १३ र १४ वडा कार्यालयलाई ५५ लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको कम्पनीले बताएको छ ।

त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुन, सिरक, सिरानी, टोपी लगायतका सामग्रीहरु सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार राहत सामग्रीबाट झन्डै १ हजार २०० घर परिवारका ४ हजार ८०० जना भूकम्प पीडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् ।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालका अनुसार भूकम्प प्रभावितको आवश्यकतालाई मध्यनजर गर्दै राहत सामग्री हस्तान्तरण गरिएको हो ।