नेप्से २० अंकले बढ्दा, कारोबार रकम १ अर्ब माथि


काठमाडौं । बुधबार सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर मापक सूचक नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.१५ अंकले बढेर ३५४.२१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये म्यूचुअल फण्ड उपसुमह बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

बुधबार कारोबार रकमका आधारमा सोनापूर मिनरल्स एण्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ७६ लाख ३ हजार ९ सय ८३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सकिृट लागेको छ ।

त्यस्तै आजको दिन सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.१५ प्रतिशतले घटेको छ ।

कुल २९४ कम्पनीको ४२ लाख १३ हजार २ सय ८५ कित्ता सेयर किनेबच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४ सय ९५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।