नेप्सेमा ९ अंकको वृद्धि, नबिल बैंकमा झुम्मिए लगानीकर्ता


काठमाडौं । साताको कारोबारको अन्तिम दिन पनि सेयरबजारमा झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)का अनुसार बिहीबार सेयरमापक सूचक नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ३ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

बिहीबार कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १३ करोड १० लाख ७६ हजार १ सय ५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन बुद्धभूमी नेपाल हाइड्रपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन नबिल बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमुल्य ८.२० प्रतिशतले घटेको छ ।

कुल २९२ कम्पनीको ४४ लाख २० हजार ५ सय १८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४ सय ३० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।