आन्तरिक राजस्व कार्यालय पोखरा कार्यालय अन्तर्गत सबैभन्दा बढी कर तिर्ने करदाता सम्मानित


काठमाडौँ । आन्तरिक राजस्व कार्यालय पोखरा कार्यालय अन्तर्गत सबैभन्दा बढी कर तिर्ने करदाता सम्मानित भएका छन् ।

राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम – २०८० को अवसरमा बैंक तथा वित्तीय सेवा तर्फ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित भएको छ भने व्यापार तर्फ माछापुच्छ्रे« मेटल एण्ड मेसीनरी वर्कस प्रा.लि. र उद्योग तर्फ कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.लि. सम्मानित भएका छन् । यस्तै उत्कृष्ट कर्मचारी टाइपिष्ट नायब सुब्बा कृष्णहरी गौतमलाई सम्मान गरिएको कार्यालयले जनाएको छ ।

करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले करदाता र कर प्रशासनको सम्बन्धमा सुदृढ बनाउँदै लग्नुपर्ने बताइन् ।

उनले कर चेतना अभिवृद्धिका लागि करदाता शिक्षा कार्यक्रम निरन्तर संचालन हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एंव आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक बिनोद बहादुर कुँवरले कर प्रशासनमा दिनानुदिन सुधार हुँदै आइरहेको बताउँदै कर प्रशासनलाई अन्तराष्ट्रिय स्तरको बनाउनु पर्नेमा जोड दिए ।

आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिजालले करले तत्काल लाभ दिएको नदेखिएतापनि लिर्घकालीन लाभ प्रदान गर्ने बताए ।

करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रमको समापन कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर कानूनको पालना गरी राजस्व संकलनमा योगदान गर्नु हुने करदाताप्रति हार्दिक आभार व्यक्त गरे ।

उनले कार्यालयले प्रदान गर्ने सेवाहरूमा गुणात्मक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरे ।