आन्तरिक राजस्व कार्यालय पोखराद्वारा कार्तिक मसान्तसम्म लक्ष्यको १०१.६८ प्रतिशत राजस्व सङ्कलन


काठमाडौँ । आन्तरिक राजस्व कार्यालय पोखराले कार्तिक मसान्तसम्ममा राजस्व सङ्कलन लक्ष्यको १०१.६८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

कार्यालयको ६ अर्ब ३९ करोड ४६ लाख ८१ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकोमा कात्तिक मसान्त सम्ममा १ अर्ब ३८ करोड ५८ लाख ७९ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयले कार्तिक मसान्त सम्ममाका लागि निर्धारित लक्षको आयकर तर्फ १३४.५० प्रतिशत, अन्तः शुल्क तर्फ ११६.३६ प्रतिशत र मूल्य अभिवृद्धि कर तर्फ ७८.१४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय पोखरामा कार्तिक मसान्तसम्ममा आयकरमा ६६ हजार ८ सय ७५ करदाता करदाता दर्ता भएका छन् । यसैगरी मूल्य अभिवृद्धि करमा १२०९३, अन्तः शुल्कमा ४४७० दर्ता भएका छन् ।

व्यक्ति स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या १ लाख ६२ हजार ३ सय ९० पुगेको छ ।