विद्युतीय स्कुटरसँग विशेषता मिलेको भन्दै सरकारले लगायो विद्युतीय साइकलमा कर


काठमाडौँ । विद्युतीय साइकललाई अर्थमन्त्रालयले विद्युतीय स्कुटर सरह वर्गीकरण गरेको छ । वर्गीकरण अनुसार अब विद्युतीय साइकलमा विद्युतीय स्कुटर सरह कर लाग्ने भएको छ ।

विराटनगर भन्सार कार्यालय लगायत विभिन्न भन्सार कार्यालयबाट विद्युतीय साइकल भनि पैठारी भएकोले त्यस वस्तुको वर्गीकरण द्विविधा भएको भनि अर्थमन्त्रालयसँग राय मागेको थियो ।

आयातकर्ताले विद्युतीय साइकल भनेर आयात गरेपनि यसको विशेषता इलेक्ट्रिक स्कुटरसँग मिल्न गएको कारण सरकारले सरकारले कर लगाएको हो ।

इलेक्ट्रिक साइकलहरुले सडक कर पनि तिर्नुपर्ने भएको छ ।