बीवाईडीले नेपाल सुपर लिग–२ मा ललितपुर सिटीसँग सहकार्य गर्ने


काठमाडौँ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाल सुपर लिग सिजन–२ मा ललितपुर सिटी फुटबल क्लबसगँ सहकार्य गर्ने भएको छ।

यस सिजनमा क्लवको मोबिलिटी पार्टनरको रुपमा बीवाईडी हुने सम्झैता भएको हो । ९ वटा फ्रेन्चाइज टोली रहेको नोभेम्बर २४ देखि हुन लागेको नेपाल सुपर लिग सिजन २ मा ललितपुर सिटी फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछ।

यो सम्झौताले नवीन ऊर्जा, मोबिलिटी, दिगोपन र विविधतामा छुट्टै आयाम आउने विश्वास लिइएको छ। खेलको माध्यमबाटबाट दीर्घकालीन स्थिरताका लागि ठुलो योगदान हुन सक्ने साइमेक्स र बीवाईडीको विश्वास भएको बताइएको छ ।

ललितपुर सिटी क्लबको जर्सिमा बीवाईडीको लोगो राखिने छ, जसलाई अटोमोटिभ इनोभेसन र एथलेटिकको प्रतिकको रुपमा लिइएको छ। बीवाईडीले यस अघि पनि २०२१ मा सम्पन्न नेपाल सुपर लिगमा क्लवसगँ सहकार्य गरेको थियो ।

ललितपुर सिटी क्लबसगँको सहकार्य नवीकरण गर्न पाउँदा आफुहरू उत्सुक भएको साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत शाहिल श्रेष्ठले बताए । उनले सवारी साधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभावहरुलाई स्पष्टसँग देखाउने कुरामा ढुक्क भएको बताए ।

यो सहकार्यबाट उत्साहित भएको बताउदै ललितपुर सिटी फुटबल क्लबका प्रबन्ध निर्देशक आलोकजंग जोशीले यसबाट दिगो विकास र विविध सम्भावना सहितको भविष्य निर्माणमा सहयोग पुग्ने बताए ।