एक हप्तामा ४१.७३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्रबैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हप्ताको अवधिमा ४१ अर्ब ७३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री जारी गरेको छ ।

यही मंसिर ४ गते २३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको राष्ट्र बैंकले मंसिर १० गते पुनः १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

सरकारले राष्ट्रबैंकमार्फत १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउनको लागि ट्रेजरी बिलको प्रयोग गर्ने गर्दछ ।

केन्द्रीय बैंकले आगामी मंसिर १२ गते जारी गर्ने गरी २८ दिने, १८२ दिने र ३६५ दिने गरी तीन प्रकारमा कुल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो ।

आइतबार सार्वजनिक सूचनाअनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनेका लागि ६ अर्ब रुपैयाँ र ३६५ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ नवीकरण गरिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अर्थात् मंसिर ११ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

सोमबार भोली बोलकबोल गरेको ट्रेजरी बिलको बिक्री भने मंगलबार अर्थात् मंसिर १२ गते राष्ट्रबैंकले जनाएको छ ।

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।