सिटिजन्स बैंकको नयाँ शाखा काठमाडौँको टेकुमा


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८९औं शाखा काठमाडौँको टेकुमा संचालनमा ल्याएको छ । यससँगै काठमाडौँ उपत्यका भित्र बैंकको ३७ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु संचालनमा रहेका छन् ।

बैंकका संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । अध्यक्ष पाण्डेले कार्यक्रममा प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने मनसाय व्यक्त गरे ।

बैंकले नेपालभर आफ्ना १८९ वटा शाखा, १४९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७५ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।