स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको नयाँ शाखा


काठमाडौँ । सानिमा बैंकले स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि उक्त शाखाबाट बैंकिङ कारोबार सुरु गरेको हो ।

उक्त शाखा कार्यालयको समुद्घाटन वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, बैंकका संचालक रमेशकुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरे ।

वरिष्ठ कलाकार श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका संचालक पोखरेलले सानिमा बैंकलाई विश्वास गरी सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राज पाण्डेले स्याङ्जामा शाखा स्थापना गरेर बैंकले स्थानीय ग्राहकलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा एटीएम संचालनमा छन् ।