एनएमबि बैंकले लाभांश नदिने


काठमाडौँ । एनएमबि बैंकले लाभांश नदिने भएको छ । बैंकको. बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९ ८० को नाफाबाट लाभांश नदिने जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने उल्लेख गरेको छ ।