नेपाल ल्युब आयल लिमिटेडद्वारा छात्रवृति प्रदान


काठमाडौँ । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दुई विधार्थीलाई छात्रावृति प्रदान गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको जनाएको छ ।

रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एकवर्षको लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामाग्री बापतको रु.एक लाख पन्ध्र हजार तिन सय रुपैयाँको चेक हस्तान्तरण गरेको उल्लेख गरेको छ ।

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराईले भने,“हामीले सधैं नेपालमा कार्यरत मेहनती अटो मेकानिक्सहरुको क्षमता विकासमा ध्यान केन्द्रित गरेका छौं । त्यसैले हाम्रा अटो मेकानिक र उहाहरुका परिवारलाई आवश्यक परेको बेला सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो र यो जिम्मेवारी हामीले भविष्यमा पनि निर्वाह गर्नेछौ ।“

नेपाल अटो मेकानिकल एसोसियसनका पुर्व अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले भने “मजदुरहरुलाई खुसी पार्न लाखौँ रकम भोजभतेर तथा खानपानमा खर्च गर्ने कार्यक्रम गर्नु भन्दा मजदुरको सन्तानको शिक्षादिक्षामा लगानी गर्दा समस्त परिवारको नै दिगो रुपमा विकाश हुन्छ भन्ने विश्वास लिएको छौं ।“,