मञ्जुश्री फाइनान्सको लाभांश घोषणा


काठमाडौं । मञ्जुश्री फाईनान्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनिलाइृ ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले चुक्तापूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँको ५.२६३ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।