आइजीआई पुडेन्सियल इन्स्योरेन्स र स्मृति प्रतिष्ठानबिच सेवा प्रदान गर्ने सम्झौता


काठमाडौं । आइजीआई पुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबिच सेवा प्रदान गर्नेे सम्झौता भएको छ ।

इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी श्री उज्ज्वल ढुंगाना र प्रतिष्ठानका संचालन निर्देशक श्री अनिल राजभण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगद रहित हस्पिटलाईजेशस प्राप्त गर्न सकिने सम्झौता भएको इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी उज्जवल ढुंगानाल सम्झौताले औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखे ।

उनले अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने बताए ।