लाभांश नदिई मुनाफा सञ्चित गर्ने गुराँस लघुवित्तको घोषणा


काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले मुनाफा सञ्चित गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९–७०को मुनाफाबाट आफ्ना सेयर लाभांश नदिने वितरण नगरी सञ्चित गर्ने घोषणा गरेको हो ।

कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गर्दै अन्य प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

साथै बैठकले विभिनन प्रस्ताव सहित गत आवका वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारणसभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारणसभा बोलाउने छ ।