तारागाउँ रिजेन्सीको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संञ्चित मुनाफाबाट कम्पनीले सेयरधनीलाइृ १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ११ प्रतिशत नगद वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीको चुक्तापूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ । कम्पनीले आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउने छन्