सुनको मूल्य एक लाख २१ हजार नाघ्यो


काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएसँगै नेपालमा पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रतितोला ८०० रुपैयाँ बढेर तोलाको एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलाको एक लाख २१ हजार कामय रहेको छ ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आइतबार तोलाको ५ रुपैयाँले बढेको तोलाको १५४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रही सोही मूल्यमानै कारोबार हुने महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज छापावाला सुनको मूल्य प्रतिऔंस २०८६ अमेरिकी डलर कायम भएको छ ।