मुनाफा सञ्चितमा नेको इन्स्योरेन्स, लाभांश नदिने


काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको हो ।

मङ्सिर १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आ.व. २०७९–८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संन्चित गर्ने निर्णय गरेको हो ।

समितिले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।
बिमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।