नेप्सेमा दोहोरो अंकको गिरावट


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ अंकमा पुगेको छ ।

नेप्सेमा मंगलबार कारोबार भएका कुल १३ उपसमुहमध्ये एउटा उपमुहको सेयरमूल्य बढेको छ भने बाँकी १२ उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन कारोबार रकमका आधारमा माउन्टेन इनर्जी लिमिटेडको सबैभन्दा अगाडी रहेको छ ।

आजको दिन सिंगटी हाइड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन बिशालबजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.५३ प्रतिशतले घटेको छ ।

कुल २९२ कम्पनीको ४६ लाख ९८ हजार ६ सय ८२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४ सय ३८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।