नेपाल वेयरहाउजिङको आइपीओ बाँडफाँड


काठमाडौं । नेपाल वेयरहाउजिङ लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बुधबार बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालय ठमेलमा बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ करोड ७५ हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले यहि मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणको लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

क्यापिटलका अनुसार १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् ।

जसअनुसार मागभन्दा अत्यधिक आबेदन परेकाले कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथाबाट भएको हो ।
कम्पनीको आईपीओका लागि १२ लाख ७६ हजार ५५८ जनाले आवेदन दिएका थिए ।कम्पनीका अनुसार ८४ हजार ५६० जनाको आवेदन रद्द भएको छ ।

ती आवेदकले १ करोड ३८ लाख ५१ हजार २६० कित्ता सेयर माग गरेका थिए । जसअनुसार मागभन्दा अत्यधिक आबेदन परेकाले कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथाबाट भएको हो ।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँट गरेको हो ।