एलन मस्कले सार्वजनिक गरेको बुलेटफ्रि कार ‘टेस्ला साइबर ट्रक’, यस्ता छन् विशेषता


काठमाडौँ । एलोन मस्कको कम्पनी टेस्लाले बहुप्रतिक्षित साइबरट्रक (टेस्ला साइबरट्रक) को डेलिभरी सुरु गरेको छ। कम्पनीले डिसेम्बर १ गते टेक्ससस्थित कम्पनीको मुख्यालयमा टेस्ला साइबर ट्रक औपचारिक रूपमा सार्वजनिक गरेकाे हो ।

कारको उद्घाटन गर्दै एलोन मस्कले यसलाई “भविष्यको कुरा’’ भनेका थिए । टेस्लाले यो गाडी सार्वजनिक गरेको पहिलो पटक भने होइन । यसअघि सन् २०१९ मा सार्वजनिक गरेर २०२१ मा वितरण गर्ने तयारी गरेको थियो । तर कोभिड १९ को कारण यसलाई त्यो बेला वितरण गर्न नसकेको कम्पनीले जनाएको छ ।

सन् २०१९ मा एलन मस्केले यसको मूल्य ३९ हजार डलरबाट सुरू हुने दाबी गरेका थिए । त्यस्तै २०२४ देखि उपलब्ध हुने ‘अल ह्वील ड्राइभ’ मोडेलकाे ७९ हजार ९९० डलर र आगामी वर्ष नै उपलब्ध हुने साइबर बिस्ट मोडेलको मूल्य ९९ हजार ९९० डलर पर्ने अपेक्षा गरिएको छ । त्यस्तै यस कारले सिंगल चार्जमा ५५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

टेस्लाका सीईओ एलोन मस्कका अनुसार साइबरट्रकका लागि अहिलेसम्म १० लाखभन्दा बढी प्रि-अर्डर प्राप्त गरिसकेका छन्। टेस्लाले साइबरट्रकका तीनवटा भेरियन्ट बजारमा ल्याउनेछ । एन्ट्री-लेभल मोडेल रियर-व्हील ड्राइभ संस्करण हो। जबकि मिड-स्पेक ट्रिममा अल-ह्वील ड्राइभ क्षमता छ। ”साइबरबिस्ट” एक लाख डलरको मूल्य लाइनअपमा शीर्ष मोडेल हो। साथै, टेस्लाले साइबरट्रकको अल-ह्वील ड्राइभ र साइबरबिस्ट संस्करणहरू मात्र डेलिभर गर्नेछ।

बुलेटप्रुफ कार

टेस्लाले केही दिन अघि सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै इलेक्ट्रिक पिकअप ट्रक बुलेटप्रुफ भएको जनाएको छ । भिडियोमा साइबरट्रकमा गोली चलाइएको थियो जुन यसको स्टेनलेस स्टील बडी छिर्न असफल भयो। यसको डिजाइन पनि एकदम फरक छ। ।