नेप्सेमा सामान्य वृद्धि


काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयरबजारमामा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३.३३ अंकले घटेर १८४१.०४ अंकमा पुगेको छ ।

साथै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने ०.३६ अंकले घटेर ३५०.७० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ६ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा रिलायबल नेशनल लाईफ इन्स्योरेन्स अग्स्थानमा रहेको छ । कम्पनीको ७ करोड ३४ लाख ४९ हजार १७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन ग्लोबल आइएमआई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन सिंगटी हाइड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीको सेयरमूल्य ९.१३ प्रतिशतले घटेको छ ।

कुल २९३ कम्पनीको ३७ लाख ५५ हजार १ सय २४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १४ करोड १८ लाख १२ हजार ३ सय ८२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।