बैंकका कर्मचारीमाथि धरपकड गर्नेलाई कारवाहीको माग


काठमाडौँ । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल र नेपाल वित्तिय संस्था संघले संयुक्तरुपमा प्रेस विज्ञप्ती जारी गर्दै बैंकका कर्मचारीलाई धरपकड गर्नेलाई कारवाहीको माग गरेको छ ।
एक वाणिज्य बैंकको झापाको विर्तामोड शाखामा कार्यरत एक कर्मचारी माथि भएको धरपकड प्रति घोर आपत्ती रहेको र घट्नामा संलग्न दोषीहरुलाई कारवाहीको माग गरेको उल्लेख गरेको छ ।

पछिल्लो समय केही व्यक्ति÷समूहहरुले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र आक्रमणको घोर निन्दा गरेको छ ।

आफ्ना ग्राहकहरुलाई सेवा–सुबिधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थिीतीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि यस प्रकारको दुव्र्यवहार निन्दनिय रहेको उल्लेख गरेको छ ।

वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन जिम्मेवार निकायहरुसंग माग गरेको छ ।

साथै, बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुंदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमैै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरुसंग अनुरोध गरेको छ ।