भारतमा एक महिनामा २८ लाख ५४ हजार सवारी साधन बिक्री


काठमाडौँ । भारतको फेडरेशन अफ अटोमोबाइल एसोसिएसन (फाडा) ले नोभेम्बर २०२३ को खुद्रा अटोमोबाइल बिक्रीको तथ्याङ्क सार्वजनिक गरेको छ ।

उक्त रिपोर्ट अनुसार नोभेम्बरमा विभिन्न कम्पनीका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन गरेर २८ लाख ५४ हजार सवारी साधन बिक्री भएको हाे। बिक्री भएकाेमध्ये सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन रहेका छन् । दुई पाङ्ग्रे सवारीसाधन २२ लाख ४७ लाख बिक्री भएको एशोसिएशनकाे तथ्याङ्कले जनाएको छ ।

यात्रुवाहक सवारीसाधन पछिल्लो एक महिनामा ३ लाख ६० हजार सवारीसाधन बिक्री भएका छन् । त्यसमध्ये मारुती सुजुकीले नोभेम्बरमा सबैभन्दा बढी १ लाख ४९ हजार ९२९ कार बिक्री गरेको छ ।

अक्टोबरमा चाडपर्वको सिजनका कारण सेप्टेम्बरको तुलनामा मासिक आधारमा करिब १५ प्रतिशतले बिक्री वृद्धि भएको थियो। त्यस्तै सेप्टेम्बर २०२३ मा भारतमा १३ लाख १२ हजार दुई पाङ्ग्रे सवारी साधनहरू बिक्री भएका तथ्याङ्कमा उल्लेख गरिएकाे छ ।

२२ लाखभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन बिक्री

भारतमा दुई पाङ्ग्रे सवारीको तथ्याङ्कलाई हेर्दा, नोभेम्बर महिनामा मात्र २२ लाख ४७ हजार दुईपाङ्ग्रे सवारी साधन बिक्री भएको छ । जुन वार्षिक आधारमा २१.०८ प्रतिशतले वृद्धि भएकाे हाे ।

गत वर्ष नोभेम्बरमा १८ लाख ५६ हजार दुईपाङ्ग्रे सवारी साधन बिक्री भएको थियो । जहाँ नोभेम्बर २०२३ मा दुई पाङ्ग्रे सवारी साधनको बिक्रीमा ४९.०५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै अक्टोबरमा १५.०७ लाख सवारीसाधन बिक्री भएका छन् ।

तीन लाख बढी कार बिक्री

फेडरेशन अफ अटोमोबाइल एसोसिएसनको प्रतिवेदनले नोभेम्बर महिनामा तीन लाख ६० हजार कारहरू बिक्री भएको उल्लेख गरेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा १७.१९ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष नोभेम्बरमा ३ लाख ७ हजार यात्रुवाहक सवारी साधन बिक्री भएको थियो । जहाँ नोभेम्बर २०२३ मा मासिक आधारमा ३ लाख ५३ हजारले यात्रुवाहक सवारीको बिक्रीमा १.८२ प्रतिशत वृद्धि भएको छ। अक्टोबरमा ३ लाख ५३ हजार कार बिक्री भएका छन् ।