नेप्से ११ अंकले बढ्दा पौने ३ अर्बको कारोबार


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक ११.७३ अंकले बढेर १८५२.७७ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एउटा उपसमुहको सेयर घटेको छ भने बाँकी १२ उपसमुहको सेयरमूल्य बढेको छ ।
आजको दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ ।
बिहीबार त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज ग्लोबल आइएमआई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.८१ प्रतिशतले घटेको छ ।
कुल २९९ कम्पनीको ९५ लाख ५ हजार ६ सय ८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४ सय ३३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।