सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आज मूल्य


काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहिबार एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार स्थिर रहि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोला एक लाख १८ हजार २५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ । त्यस्तै चाँदीको मुल्य पनि स्थिर रहेको छ । चाँदी प्रतितोला १४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहिबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।