काम चलाउरुपमा स्थानीय रेमिट्यान्स खुल्छ: गर्भनर अधिकारी


काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै ननडेलिभरेबल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने जनाएको छ ।

स्थानीय रेमिट्यान्स एक लाख रुपैयाँ बाट २५ हजार रुपैयाँमा झारेको थियो त्यसपछि शून्यमा झारेको थियो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अध्ययन गरेर शून्यमा झारेको र अध्ययन गरेर न्युनतम रकम कारोबार गर्न सकिने गरि खुल्ने उनले बताए ।

उनले भने, शून्य गर्नुभन्दा अगाडी केही अध्ययनहरु गरेको थियो । अहिले खोल्नको लागि फेरी अध्ययन गरिरहेको छ । अध्ययनकै क्रममा रहेको भएर कति रकम भनेर नलेखिएको हो । अध्ययनपछि कति रकम सम्म भनेर भन्न सकिन्छ । काम चलाउको रुपमा स्थानीय रेमिट्यान्स खुल्छ ।