सेयर बजारमा दोस्रो सर्किट ब्रेक


काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । सेयर बजारमा दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ ।

कारोबार खुलेको ५ मिनेटमै बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४ प्रतिशत बढेपछि पोजेटिभ सर्किट ब्रेकर लागेको थियो । त्यसपछि २० मिनेट स्थगित भएर फेरि खुलेको कारोबारमा २ मिनेटमै अघिल्लो दिनको तुलनामा ५ प्रतिशत वृद्धि भएपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

दोस्रो सर्किट ब्रेक लागेपछि सेयर बजारको परिसूचक नेप्से ९२.७ अंक बढेर १९४५ अंकमा कायम भएको छ भने २९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार नेप्से सूचक एकाएक उछाललाई सकरात्मक मौद्रिक नीति समिक्षाको रुपमा हेरिएको छ।