तेस्रो ‘सर्किट ब्रेक’ लागेपछि आइतबारको सेयर कारोबार बन्द


काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । सेयर बजारमा तेस्रो सकारात्मक ‘सर्किट ब्रेक’ लागेपछि आइतबारको कारोबार बन्द भएको छ ।

कारोबार खुलेको ५ मिनेटमै बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४ प्रतिशत बढेपछि पोजेटिभ सर्किट ब्रेकर लागेको थियो । त्यसपछि २० मिनेट स्थगित भएर फेरि खुलेको कारोबारमा २ मिनेटमै अघिल्लो दिनको तुलनामा ५ प्रतिशत वृद्धि भएपछि दोस्रो सर्किट ब्रेक लागेको थियो। १२:०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो ।

तेस्रो सर्किट ब्रेक लागेपछि सेयर बजारको परिसूचक नेप्से १११ अंकले बढेर १९६३.९८ अंक कायम भएको छ । आइतबार ४८ करोड २४ लाख रुपैयाँको कारोबार रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्से सूचकमा आएको एकाएक उछाललाई सकरात्मक मौद्रिक नीति समिक्षाको रुपमा हेरिएको छ।