त्रिविको ४९ औं दीक्षान्त समारोहकाे लागि गाउन र स्कार्फ लिनेको भिड (फाेटाेफिचर)


काठमाडौँ । त्रिभुवन विश्वविधालयको ४९ औँ दीक्षान्त समारोह २०८० का लागि आज त्रिवि परिसरमा गाउन, स्कार्फ लिनेको भिड लागेकाे छ । त्रिभुवन विश्वविद्यालयले आगामी पुस २ गते ४९औं दीक्षान्त समारोह आयाेजना गर्दै छ । समाराेहमा दिक्षीत हुने विद्यार्थीले लगाउने गाउन र स्कार्फ लिने विद्यार्थीकाे भिड लागेकाे हाे ।

सो समारोहमा वि.सं. २०७९ असार १ गतेदेखि २०८० सेठ ३२ गते सम्मका स्नातक तहदेखि स्नातकोत्तर तह उत्तीर्ण ७७ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन् । त्रिविको ६४ औं वार्षिक दिवसको अवसरमा पारित ६४ औं ग्रेस लिस्टको आधारमा विद्यार्थीको संख्या यकिन भएको हो ।

ग्रेस लिस्टमा व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिक शास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय गरी जम्मा ७७ हजार १ सय ३ विद्यार्थी रहेका छन् ।