ग्लोबल आईएमआई लघुवित्तको लाभांश घोषणा


काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

कम्पनीको आज (२५ मंसिर) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको हाल कायम चुक्ता पुँजी ६१ करोड ८९ लाख रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।