लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ४.५० प्रतिशत नगद लाभांश रहेको छ।

कम्पनीको हाल कायम चुक्तापूँजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार २८६ रुपैयाँ छ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।