सर्वसाधारणको लागी आइपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, बोर्डमा दियो निवेदन


काठमाडौं । सर्वोत्तम सिमेन्टले नेपालमा पहिलो पटक सर्वसाधारणका लागि बुक बिल्डिङ प्रणाली मार्फत आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री तथा बाँडफाँड गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा भने प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ बाँडफाँट गरिएको छ ।

कम्पनीले गत मंसिर ६ गतेदेखि १० गतेसम्म पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता आईपीओ बिक्री गरेको थियो ।

योग्य संस्थागत लगानीकर्तामा जारी भएको सेयरको बिक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसा तोकिएको थियो । गत मंसिर ११ गते तोकिएको अवधिभित्र योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त बोलपत्र खोली निर्धारण भएको ४०१ रुपैयाँ कटअफ मूल्यमा आईपीओ बाँडफाँट गरिएको छ ।

बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आईपीओ निष्कासन हुने धितोपत्र बोर्डले बताएको छ ।

कम्पनीले प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले ३६ लाख कित्ता आईपीओ सर्वसाधारण र उद्योग प्रभावित स्थानीयहरुको लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

जसअनुसार न्युनतम ५० कित्ता सबैलाई दिनु पर्ने प्रावधान रहेकाले जम्मा ७२ हजारलगानीकर्ताले मात्रै अब सेयर पाउने छन् ।

उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमआई क्यापिटले गरेको छ ।